वि।सं। २०२५२६ सालतिर स्थापना भएको बाह्रविसे हेल्थ सेन्टर पछि बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र भएको हो । सुरुमा बाह्रविसे गाउँ पन्चायत भवनमा मासिक रु १५० भाडा तिरेर सन्चालन यो संस्था आफ्नै भवन अभावमा कहिले श्री शारदा हाई स्कुलको तल्लो तल्ला त कहिले व्यक्तिको घर भाडा तिरेर सञ्चालन हुदै आइरहेको थियो । यस सन्दर्भमा बाह्रविसेका स्थानिय युवाहरुले यस संस्था सञ्चालनको निमित्त निजि भवनको आबश्यकता महसुस गरी जग्गा उपलब्ध समिति निर्माण गरियो ।